काठमाडौं– नेपाल पत्रकार महासंघले मिडियाविरोधी विधेयक खारेजीको माग गर्दै संकलन गरेको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाएको छ ।
प्रेस स्वतन्त्रताको पक्षमा असार ३ गतेदेखि सुरु भएको देशव्यापी हस्ताक्षर संकलन अभियानअन्तर्गत संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको छ ।
संकलित २० हजारभन्दा बढी हस्ताक्षर महासंघका ७७ प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाएको महासंघका सचिव प्रकाश थापाले जानकारी गराए ।
थापाका अनुसार नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको प्रतिनिधिमण्डलमार्फ संकलित हस्ताक्षर काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।