किन अकासियाे सुनकाे मूल्य ? यस्ता छन् ६ कारण

काठमाडौं– इतिहामै छापावाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ । मुख्यगरी विवाहको सिजन मंसिर, माघ, फागुन, असार महिनामा सुनको कारोबार धेरै हुने गर्छ । यसवर्ष मंसिरदेखि फागुनसम्म विवाहको सिजनमा पनि सुनको मूल्य खासै बढेन । नयाँ वर्ष सुरु भएपछि सुनको मूल्य क्रमशः बढ्दै गयो । सुनको मूल्य बढ्नुको कारण के हो ? नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका अध्यक्ष गणेशप्रसाद लकान्द्रीले ६ कारण बताएका छन् । यस्ता छन्, सुनको मूल्य बढ्नुका कारण : 

१. पहिलो कारण, अहिले अमेरिका र चीनबीच व्यापारिक द्वन्द्व चर्कोको छ । विश्वभरका मानिस अन्य वस्तु खरिद गर्नतिर भन्दा सुन खरिदमा लागेका छन् । मानिस सुनमा आकर्षित भए । एउटा कारण यो हो । 

२. दोस्रो कारण, अन्तर्राष्ट्रिय जगत्ले सुनको कारोबारलाई महत्वपूर्ण लगानीको रूपमा लिएका कारण पनि सुनको मूल्य अकासिएको हो । 

३. तेस्रो कारण, विश्वबजारको अर्थतन्त्रको अनुपातमा सेयरमा भन्दा बढी सुनमा लगानी गर्ने लगानीकर्ता बढी भएर सुनको मूल्य बढेको हो । 

४. चौथो कारण, सुन बहुमूल्य धातु भएका कारण यसलाई ग्राहकले पुँजीको रूपमा बुझ्छन् । त्यसैले उनीहरूले धेरैभन्दा धेरै सुन जम्मा गर्न खोज्छन् । विश्वबजारमा एकैपटक सुनको माग बढी भएका कारण सुनको मूल्य बढेको  हो ।
 
५. पाँचौँ कारण, युरो र डलर ‘स्ट्रङ’ भयो । त्यसको प्रभाव सुनमा पर्यो । त्यसकारण पनि सुनको मूल्य बढेको हो । 

६. सुनको मूल्य बढ्नुमा हाम्रो आन्तरिक कारण पनि हो । नेपाल सरकारले प्रतिदशग्राममा नौ सय रुपैयाँले कर बढाइदिएको छ । त्यस्तै, तोलामा ११ सय रुपैयाँले बढाइदिएको छ । यसको प्रभाव पनि सुनको मूल्यमा परेको छ । 





  • प्रकाशित मिति : असार ६, २०७६ शुक्रबार १८:८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया