इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउन नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (आज) दिउँसो बस्ने भएको छ । 

बैठक यसअघिका लागि नै बस्ने तयारी भएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा निस्केपछि बैठक स्थगित भएको थियो ।

शनिबारको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजे बस्ने भएको छ । सचिवालय बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको अन्तिम टुंगो लगाउने बताइएको छ। 

सरकारी पदमा रहेका नेता र बाहिर रहेका नेताबीच दोहोरो भूमिका दिने कि नदिने भन्ने विषयमा विवाद उत्पन्न भएपछि इन्चार्ज र सहइन्चार्जको नामावली सार्वजनिक गर्न नेकपालाई हम्मे परेको थियो । 

शनिबारको बैठकमा विभाग गठन र केन्द्रीय सदस्यको जिम्मेवारीको बाँडफाँटका विषयमा पनि छलफल हुने बताइएको छ ।





  • प्रकाशित मिति : असार ७, २०७६ शनिबार ९:२७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया