कारबाहीमा परे झन्डै एक सय औषधि पसल

काठमाडौं– औषधि व्यवस्था विभागले मापदण्डविपरीत सञ्चालन भएका देशभरका ९४ वटा औषधि पसललाई कारबाही गरेको छ ।   विभागले कारबाहीमा परेका औषधि पसलमध्ये ५८ लाई सचेत गराएको छ भने १६ वटालाई बन्द गराएको छ । 

तीनवटा औषधि पसलविरुद्ध मुद्दा दायर भएको छ भने १७ वटा औषधि पसललाई निलम्बन गरिएको छ । 

कारबाहीमा परेका औषधि पसल कुनै दर्ता नभएको, कुनैले प्रतिबन्धित औषधि बिक्री वितरण गरेको, कसैले अनुमतिपत्र नलिई व्यवसाय गरिरहेको, केहीमा एलोप्याथिक पसलमा आयुर्वेदिक औषधि बिक्री–वितरण हुने गरेको र कुनै नवीकरण नगरी चलाएको विभागले जनाएको छ ।

कतिपय औषधि पसलले भने आफ्नो नाममा दर्ता गर्ने र कमिसन खाएर सञ्चालनका लागि अर्कै व्यक्तिलाई दिने गरेको भेटिएको थियो । विभागले त्यस्ता औषधि पसललाई पनि कारबाही गरेको छ । 





  • प्रकाशित मिति : असार ७, २०७६ शनिबार १०:३४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया