रेशम चौधरीमाथि सरकारको व्यवहार आपत्तिजनक : डा. बाबुराम

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले टीकापुर हत्याकाण्डमा दोषी साबित भई कैदमा रहेका रेशम चौधरीमाथि सरकारले गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् । भट्टराई चौधरीलाई भेट्न शुक्रबार वीर अस्पताल पुगेका थिए । 

वीर अस्पतालमा मेरुदण्डको उपचार गराइरहेका चौधरीलाई १४ किलोको नेल लगाइएको भन्दै भट्टराईले सरकारको आलोचना गरेका हुन् । भट्टराईले खुट्टामा नेल लगाइएको चौधरीको फोटो पोस्ट गर्दै सरकारलाई मानवअधिकार र नियम कानुनको स्मरण गर्न आग्रह गरेका छन् । 

सरकारको कार्यशैलीप्रति प्रश्न गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनुभएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरुदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ?’ 

आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका ? भन्दै उनले सत्तारुढ दलका नेतालाई गोलघरको यातना पनि स्मरण गराएका छन् ।

भट्टराईले विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्ज कुमार मृत्युप्रकरणबारे चासो व्यक्त गर्दै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् ।





  • प्रकाशित मिति : असार ७, २०७६ शनिबार ११:०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया