राप्रपा महाधिवेशन आउँदो जेठमा
पृथ्वीनारायण शाहको दिव्योपदेशदेखि विपीको मेलमिलाप नीतिसम्म राप्रपाका मार्गनिर्देशक सिद्धान्त

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले एक वर्षपछि महाधिवेशन गर्ने भएको छ । आज काठमाडौंमा सकिएको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले २०७७ जेठमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्दै पार्टीलाई कांग्रेस र कम्युनिस्टको विकल्पका रुपमा देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने संकल्प गरेको छ । 

यो वर्षलाई ‘संगठन निर्माण वर्ष’का रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको राप्रपाले यसअघि ४२ जिल्लामा भएको राष्ट्रिय स्वाभिमान यात्रालाई ७७ वटै जिल्लामा सञ्चालन गर्नेछ । 





  • प्रकाशित मिति : असार ८, २०७६ आइतबार १६:५२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया