सुविधा बढाउन माग गर्दै हेटौँडा पुगे काठमाडौंका वडा सदस्य

हेटौंडा– स्थानीय तहका पदाधिकारी र सदस्यको सेवासुविधा बढाउन माग गर्दै काठमाडौं महानगरपालिकाका वडा सदस्य तथा नगरसभा सदस्यले हेटौँडा पुगेर ज्ञापनपत्र बुझाएका छन् । 

ऐन संशोधन गरी सुविधा बढाउन माग गर्दै हेटौँडा पुगेका जनप्रतिनिधिले प्रदेश ३ का मुख्यमन्त्री र सभामुखलाई ज्ञापनपत्र बुझाए । 

आफूहरुको सेवा सुविधा महानगरपलिकाको आन्तरिक स्रोतबाट वृद्धि गरी नगरपरिषद्बाट अनुमोदन गर्न मिल्ने गरी ऐन संशोधन गर्नुपर्ने उनीहरुको माग छ । अहिले वडा सदस्य/नगरसभा सदस्यले मासिक ७ हजार रुपैयाँ पाउँदै आएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रदेशसभाका सभामुख सानु श्रेष्ठ र आन्तरिक मामिला मन्त्री शालिकराम जमकटेलले संघीय सरकारको निर्णयअनुसार सेवासुविधा कायम गरिएको भन्दै माग जायज भएकाले त्यसमाथि छलफल गर्ने बताए ।





  • प्रकाशित मिति : असार ८, २०७६ आइतबार १७:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया