२९ माघ, २०८२ बिहीबार
Feb. 12, 2026

मेमोरी-मीनाको कुरा सामाजिक सञ्जालमा छताछुल्ल, के हो वास्तविकता ?

नेपाली मनोरञ्जन जगतका बहुप्रतिभाशाली कलाकार मनोज गजुरेल विशेषगरी हास्य–व्यंग्य प्रस्तुति, अनुकरण र सामाजिक विषयमा आधारित टिप्पणीकाकारण चर्चामा रहन्छन् । वि.सं २०५० सालतिर रेडियो र स्टेज साेबाट सुरु भएको उनको यात्राले उनलाई छिट्टै देशभर चिनायो। 

राजनीतिक पात्रहरूको आवाज र स्वभाव उस्तै शैलीमा ‘क्यारिकेचर’ गर्न सक्ने उनको क्षमताले उनी सर्वसाधारणदेखि बुद्धिजीवीसम्म सबै बीच लोकप्रिय बने। तर उनी कलात्मक सफलतासँगै व्यक्तिगत जीवनका उतार–चढावले पनि समय–समयमा सार्वजनिक चासोको केन्द्र बन्दै आएका छन् । 



वि. सं २०५२ सालमा फेसन डिजाइनर मीना ढकालसँग वैवाहिक बन्धनमा बाँधिएका गजुरेलको २०७४ सालमा सम्बन्ध विच्छेद भयो । उनीहरूका एक छोरा र एक छोरी छन् । सम्बन्ध विच्छेदको चार वर्ष पछि गजुरेल भने  वैवाहिक बन्धनमा बाँधिएका छन् । 

सम्बन्ध विच्छेद हुँदा व्यक्तिगत कुराहरू बाहिर नल्याउने सहमति भए पनि उनीहरू प्राय व्यक्तिगत विषयका कारणले नै चर्चामा हुन्छन् ।  हालै गजुरेलकी छोरी मेमोरीले आफ्नो पारिवारिक विषयमा पहिलो पटक सार्वजनिक रुपमा मुख खोलिन् । उनले एक अडियो रेकर्डमार्फत आफ्नो भनाइ सार्वजनिक गरेकी हुन् ।



मनोज र उनकी पूर्वपत्नी मीना ढकालबीच सम्बन्धविच्छेदपछि छोरा बुवासँग र छोरी आमासँग बस्ने सहमति भएको थियो । तर, एक वर्षपछि नै आमालाई छोडेर मेमोरी पनि बुवासँगै बस्न थालिन् । अहिले उनी उच्च अध्ययनका सिलसिलामा देश बाहिर छिन् । सामाजिक सञ्जालमा आमा र छोराबीच आरोप प्रत्यारोप बढ्दै जाँदा मेमोरीले आफ्नो धारणा राखेकी हुन् ।

मेमोरिले बुबा आमाको डिभोर्स हुँदा आफूलाई नसोधेर आमाको जिम्मा लगाइएको बताएकी छन् । आमासँग असुरक्षित महसुस गरेपछि एक वर्षमै भागेर बुवासँग आएको बताइन् ।

मेमोरिको दाबी छ, ‘हामी घरभित्र वर्षौँदेखि भोग्दै आएको पीडा फेसबुक–युट्युबमा देखिने झुट्टा ‘काण्ड’ भन्दा धेरै गहिरो छ । आमाबाबुको डिभोर्सपछि १३–१४ वर्षको उमेरमै मैले एक्लै दुर्व्यवहार सहनुपर्यो, परिवार भेट्न पनि रोकियो । अन्ततः असुरक्षित भएर म बुवाको घर फर्किएँ । त्यसपछि पनि सोसल मिडियामा आएका एकतर्फी कुरा, झुटा र म्यानुपुलेसनले हाम्रो जीवनलाई निरन्तर हल्लाइरहेछ । बाहिरबाट देखेर मनोज गजुरेल र हाम्रो परिवारलाई गाली गर्नेहरूले नबुझेको कुरा-गाली खाइरहेका हामी मध्ये धेरै जना महिला नै छौँ र यी व्यवहार कुनै रूपमा ‘फेमिनिजम’ होइन । यदि आरोपहरू सत्य हुन्थे भने हामी बुवासँग रहन सक्दैनथ्यौँ । तर बुवाले आफ्नो कर्तव्य पूरा गर्नुभएको छ र हामी सबै आफ्नो तरिकाले अघि बढ्न खोज्दै छौँ ।’

उनले अगाडि भनेकी छन्, ‘मिडियामा फैलिएका हल्लाहरू केवल गफ हुन् । वास्तविकता हामीले भोगेको पीडा, सुरक्षा खोजेर गरेको निर्णय, र परिवारलाई जोगाउन गरेको सङ्घर्ष बाहिर देखिएजस्तो सरल छैन ।’



मेमोरीको भनाइ बाहिर आएपछि मीनाले टिकटकबाट जवाफ दिइसकेकी छन् । छोरीसँग अहिले पनि आफ्नो नियमित कुराकानी हुने गरेको र यो अडियो एआई बाट बनाइएको उनको दाबी छ । 

यस अघि पनि मीनाको उनका छोरा मिरोजसँग विवाद परेको थियो । जसकारण मिरोज मानसिक रूपमा बिथोलिएको मनोजले एक कार्यक्रममा भनेका थिए । सम्बन्ध टुटेको लामो समय भइसक्दा पनि मीना–मनोज पुरानै घटनाले फेरि फेरि चर्चामा आइरहेका हुन्छन् । 

  • प्रकाशित मिति : १३ मंसिर, २०८२ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया