२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

‘शिरमा शिरबन्दी’ को म्युजिक भिडियो सार्वजनिक

लोकप्रिय गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘शिरमा शिरबन्दी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।  

समीक्षाको आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको गीतमा उनी र सुवास खत्रीको स्वर रहेको छ, शब्द सुजित खत्रीले लेखेका हुन् ।



सुवास खत्रीकै संगीत, अरेन्ज, मिक्सिङ र मास्टरिङमा तयार गीतको रेकर्डिङ ‘स्काइ म्युजिक’ स्टुडियोमा गरिएको हो । 

गीतसँगै सार्वजनिक गरिएको भिडियो विशाल घिमिरेको निर्देशनमा तयार गरिएको हो । 



भिडियोमा समीक्षा अधिकारीसँगै कलाकार प्रभात पल ठकुरीले अभिनय गरेका छन् । 

रोशन बिकेको कोरियोग्राफी रहेको भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् । भिडियोकाे सम्पादन तथा रङ्गसम्पादन अमृत चापागाईंले सम्हालेका छन् । 

भिडियो निर्माणमा उत्पादन व्यवस्थापकका रूपमा माधव राउत संलग्न छन् । बाबा एजुकेसन कन्सल्टेन्सी ‘एजुकेसन पार्टनर’का रूपमा जोडिएको छ । साथै सर्मिला अधिकारी, शिव अधिकारी, रविना पौडेल र चुयोकु एजुकेसन कन्सल्टेन्सीलाई विशेष धन्यवाद दिइएको छ ।



संगीत, निर्देशन र अभिनयको सशक्त संयोजन रहेको ‘शिरमा शिरबन्दी’ले दर्शक–श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेकाे छ । 

  • प्रकाशित मिति : १५ मंसिर, २०८२ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया