विश्वकप क्रिकेटः आज अफगानिस्तान र बंगलादेशबीचको खेल

काठमाडौं– जारी विश्वकप एक दिवशीय क्रिकेटमा आज अफगानिस्तान र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । यो विश्वकपमा बंगलादेशले यसअघि दुई खेल जितिसकेको छ । अफगानिस्तानले एक खेल पनि जित्न सकेको छैन । 

विश्वकपबाट बाहिरिइसकेको अफगानिस्तानलाई आजको खेल जितेमा यो विश्वकप यात्रा सुखद हुनेछ । उसले भारतसँगको खेलमा अत्यन्त राम्रो प्रदर्शन गरेको थियो । पाकिस्तानले निकै ठूलो अन्तरले पराजित गरेको भारतले अफगानिस्तानसँग ११ रनको मात्र जित दर्ज गरेको थियो । 

भारतसँगको खेलपछि अफगानिस्तानको खेलबारे भारतमै पनि निकै ठूलो चर्चा भयो । कतिपय मिडियाले अब अफगानिस्तानले भारतलाई कुनै दिन एक दिवशीयमा जित्न सक्ने अनुमान पनि गरे । 

आज बंगलादेशले अफगानिस्तानलाई पनि पराजित गरेमा उसले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । बंगलादेशले ६ खेल खेल्दा अंक तालिकामा ५ अंक जोडेको छ । यसमध्ये उसले एउटा खेल हारेको हो भने एउटा खेल वर्षाका कारण स्थगित भएकाले समान अंक बाँडेको हो ।





  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १०:११:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया