काठमाडौँ– नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय नाट्य महोत्सव–२०७६ सम्पन्न भएको छ । असार २ गतेदेखि ८ गतेसम्म सर्वनाम थिएटरमा चलेको महोत्सव आइतबार सम्पन्न भएको हो ।
रामभजन कामतद्वारा निर्देशित मैथिली भाषाको नाटक मिता आब कोना चलब अर्थात् मितज्यू अब कता जाने मंचन गरेर महोत्सव समापन गरियो ।
नाटक महोत्सव अवधिभर पम्पाफूल, ईश्वरलाई चिठी,जीवैमामा गीतिनाटक, घरभित्रको अर्को, अमरसिंहको खोजीमा, विकास भर्सेस निकास र मिता नाट मन्चित भएका थिए ।
समापन समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले कम समयमा विभिन्न समस्याका बाबजुत धेरै काम गर्न सकेको बताए ।
महोत्सवमा मन्चित भएका सबै नाटक उत्कृष्ट भएको बताउँदै श्रेष्ठले नाटकको विकास र बिस्तारका लागि के गर्न सकिन्छ त्यसका लागि प्रतिष्ठान तयार रहेको बताए ।
वरिष्ठ कवि तथा लोकसाहित्यका ज्ञाता तुलसी दिवसले नाटक मिताको समिक्षात्मक टिप्पणी गरे । मधेस र पहाडबिचको अन्तर, विभेदलाई मुख्य विषय बनाइएको नाटक मिता नीतिनिर्माता, नेता लगायत सबै नेपालीले हेर्नुपर्ने बताए ।
नाटकले भाषा र भौगोलिक क्षेत्रलाई प्रस्तुत गरेको दिवसले बताए । सो नाटकले नेपाली नाटक्लाई नयाँ उचाईमा पुर्याएको उनको भनाइ छ ।
पहाड र तपाईबीच मिलनका लागि पहल गरेपनि ठोस निर्णय भने नाटकले नगरेको दिवसले औंल्याए ।
हिमाल, पहाड र तराई एक आपसमा मिलेर बस्न नाटकले प्रतिकात्मक रूपमा सन्देश दिएको तुलसीले बताए । नाटक महोत्सवको संयोजक निशा शर्माले गरेकी हुन् । उनी प्रतिष्ठानकि नाट्य बिभाग प्रमुख पनि हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।