गगनलाई बाबुरामको जवाफ– पहिला अपहरित बिपीको रक्षा गर, बाबुरामको क्षमापूजा पछि गरौला

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली काँग्रेसका नेता गगन थापालाई जवाफ दिएका छन् । भट्टराईकै गृहजिल्ला गोरखा पुगेर सोमबार गगनले  ‘बाबुरामलाई जितायौँ, अब क्षमापूजा गरिन्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । 

गगनले काँग्रेसकै कारण प्रतिनिधिसभाको चुनाव जितेको बताउँदै गुन विर्सेर बाबुरामले काँग्रेसलाई तथानाम गाली गरेको आरोप लगाएका थिए । बाबुरामले भने गगनलाई ट्वीटरबाट जवाफ फर्काएका छन् । 

गगनकै जवाफका लागि बाबुरामले दुईवटासम्म ट्वीट गरे । पहिलो ट्वीटमा बाबुरामले काँग्रेसले चुनावी तालमेल नबुझेको बताए । चुनावी तालमेल गर्दे रसुवामा नयाँ शक्तिको समर्थनले काँग्रेसले चुनाव जितेको र गोरखामा काँग्रेसको समर्थनले नयाँ शक्तिले चुनाव जितेको बताए । 

उनले लेखेका छन्, 'काँग्रेसका साथीहरूले चुनावी तालमेलको राजनीति बुझ्नु राम्रो होला । गोरखा र रसुवामा नयाँ शक्ति र नेकाबीच तालमेल भएको हो । गोरखा२मा नयाँ शक्ति र रसुवामा नेकाले जितेको हो। नयाँ शक्तिको समर्थनविना नेकाले रसुवामा जित्ने थिएन भन्ने चाहिं किन बिर्सेको ? एकता र विरोध दुवै हुन्छ है लोकतन्त्रमा !’  

त्यसैगरी बाबुरामले सोमबार अर्को पनि ट्वीट गर्दै जवाफ दिए । काँग्रेसलाई बाबुरामले अपहरित बीपीको रक्षा गर्न सुझाव दिएका छन् । बिपीको रक्षा गर, बाबुरामको क्षमा पूजा पछि गरौंला भन्दै बाबुरामले व्यङ्ग्य गरे । 



लेखेका छन्, ‘बिपीलाई अब राप्रपाले अपहरण गरेछ । बीपीले एउटा विशिष्ट क्षणमा अपनाएको मेलमिलापको कार्यनीतिलाई काँग्रेसले रणनीति र आदर्श बनाएपछि राप्रपा हौसिने नै भयो । बिपीको आत्माले के भन्दै होला ? कांग्रेसी मित्रहरू हो, पहिले अपहरित बीपीको रक्षा त गर, बाबुरामको क्षमापूजा पछि गरौला । हामी साथदिन तयार छौं ।’ 



  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार ११:३२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया