सम्बन्धविच्छेद गर्दागर्दै पतिलाई चिठ्ठा, आधा रकम श्रीमतीलाई दिनुपर्ने

एजेन्सी– अमेरिकाको मिसिगनमा रहने एक रिचर्ड डिक जेलास्कोको खुसी लामो समय टिक्न नै पाएन । उनले ८ सय करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेका थिए । ८० मिलियन अमेरिकी डलरको चिठ्ठा जितेका रिचर्ड त्यति बेला अदालतमा थिए । उनको र उनकी श्रीमतीको सम्बन्धविच्छेद हुँदै थियो । 

जब उनलाई चिठ्ठा परेको समाचार आयो, अदालतमा फैसला भयो, त्यसको आधा पैसा पनि श्रीमतीलाई दिनु पर्ने हुन्छ । यो फैसलाको विरोधमा रिचर्डले फेरि रिभ्यु गर्न अनुरोध गरेका छन् । उनले आफ्नो भाग्यका कारण चिठ्ठा लागेको भन्दै यो पैसा श्रीमतीलाई दिन मानेका थिएनन् । 

अदालतमा यस्तो भएको घटना सन् २०१३ को हो । तर, रिचर्डले यसमाथि फेरि अपिल गरेपछि यसको सुनुवाई चाहिँ केही दिनपहिले मात्र भयो । अब उच्च अदालतले पनि रिचर्डको पक्षमा फैसला गरेको छैन । यसको अर्थ हो, रिचर्डले चिठ्ठामा जितेको आधा पैसा श्रीमतीलाई दिनु पर्ने हुन्छ ।

रिचर्डले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुका तीन बच्चा छन् । उनीहरु सन् २०१३ देखि नै अलग बस्दै आएका थिए । 





  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १२:२७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया