२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

हेटौंडा बजारमा २५ मिटर सडक विस्तारबारे दुर्गा प्रसाईंको आपत्ति
फाइल तस्बिर

हेटौंडा बजार क्षेत्रमा जारी २५ मिटर सडक विस्तारको विषयमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारको शैली र मुआब्जा प्रक्रियाप्रति कडा आपत्ति जनाएका छन् ।


सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले उचित क्षतिपूर्ति नदिइ नागरिकका घरमा बुलडोजर चलाउनु अन्यायपूर्ण भएको टिप्पणी गरेका छन् ।



प्रसाईंका अनुसार भारतमा रेल्वे ट्रयाक वा सडक विस्तारका क्रममा प्रभावित नागरिकलाई सरकारी दरभन्दा तीन गुणा बढी मुआब्जा दिइएपछि मात्र परियोजना अघि बढाइने प्रचलन छ ।

‘त्यो उदाहरण पर्खनु पनि पर्दैन, छिमेकी भारतकै अभ्यास हेर्नुपर्छ, जहाँ नागरिकले राज्यको कामलाई स्वागत गर्छन्,’ उनले लेखेका छन् । तर, नेपालमा भने यसको ठीक उल्टो अवस्था देखिएको भन्दै उनले सरकारलाई चेतावनीसमेत दिएका छन् ।



‘मकवानपुर–हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको नाममा उचित मुआब्जा नदिई नागरिकका घरमा डोजर चलाउने, वा दीर्घकालीन व्यवस्थापनको योजना पनि नबनाइ सुकुम्बासीका टहराजस्ता काम नगर्नु,’ उनले भनेका छन् ।

उक्त पोस्टमार्फत प्रसाईंले राज्यले नागरिकलाई भूमिहीन बनाउने, व्यवसायीलाई विस्थापित गर्ने र बिना योजनाका घर भत्काएर तत्काल तुरुन्त रोक्नुपर्ने बताएका छन् ।



  • प्रकाशित मिति : १६ मंसिर, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया