भारत गुजरातका गणेश बरैयाको उचाइ केवल तीन फिट र तौल २० किलो मात्र छ । शारीरिक रूपमा अशक्त उनी यति बेला सबैका लागि प्रेरणाको स्रोत बनेका छन् ।
उनलाई चिनाउने आधार त्यति मात्रै होइन, गणेश एक अब्बल डाक्टर हुन् । पछिल्लो समय उनी चिकित्सकका रूपमा देखिन थालेका हुन् । गएको नोभेम्बर २७ बाट उनले चिकित्सकको काम पनि सुरु गरिसकेका छन् ।
उनले चिकित्सा अभ्यास गर्ने र डाक्टर बन्ने आफ्नो सपना साकार पार्न कानुनी लडाइँहरूसमेत पार गरेका छन् । कानुनी समस्याहरूले भरिएको उनको यात्रा २०१८ मा उनको उचाइका कारण मेडिकल काउन्सिल अफ इन्डियाले उनलाई एमबिबिएस कार्यक्रममा प्रवेशमा अस्वीकार गरेको थियो ।
तर मुद्दा दायर गरेको चार महिनापछि सर्वोच्च अदालतले गणेशलाई उनको तीन फिट उचाइको कारणले भर्ना अस्वीकार गर्न नसकिने फैसला सुनाएपछि उनी प्रेरणाका स्रोत बन्न पुगेका हुन् । उनले अब चिकित्सा डिग्री हासिल गर्ने र समुदायको सेवा गर्ने अवसर पाउनेछन् । अहिले उनी काम गर्दै गर्दा यहाँसम्म आइपुग्न गरिएको सङ्घर्ष सम्झिन्छन् ।
होचो कदका कारण विभेदको सामना गर्नु परे पनि कठिन मेहनतबाट सम्भवतः उनी विश्वकै सबैभन्दा होचो डाक्टर बन्न सफल भएका छन् । शरीरको उचाइका कारण कार्यस्थलमा डाक्टरको भूमिका निभाउन नसक्ने भन्दै मेडिकल काउन्सिलबाट पीडित बनेका उनलाई अदालतले न्याय दिएको हो ।
सन् २०१८ मा भारतको सर्वोच्च अदालतले गणेशलाई एमबिबिएसमा भर्ना गर्नका लागि मेडिकल काउन्सिललाई आदेश दिएको थियो । उनका आमाबाबु किसान हुन्, र उनी नौ दाजुभाइ, सात दिदीबहिनी र एक कान्छो भाइमध्ये एक हुन् । उनको परिवार कच्चा घरमा बस्छ । अब उनको पहिलो लक्ष्य उनीहरूको लागि उचित घर बनाउनु रहेको छ ।
(एएनआइको सहयोगमा)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।