२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

हेटौंडामा सडक विवाद : व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा

हेटौंडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा मंगलबार बजारका अधिकांश व्यवसायीले व्यापारिक गतिविधि पूर्णरूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् । 


सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनी उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।  



सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारी सक्रिय देखिएका छन् ।

आन्दोलनकारीले सटर नखोली सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरे पनि केही व्यवसायी र घरधनीले भने सटर खोलेर व्यापार सञ्चालन गरेको भन्दै उनीहरूलाई पनि एकताको बल देखाई सटर बन्द गरेर सडकमा उत्रिन आग्रह गरिएको छ । 



सडक विस्तारको प्रक्रियामा पारदर्शिता अभाव, मुआब्जा निर्धारणमा स्पष्टता नहुनु र सरोकारवालाको आवाजलाई बेवास्ता गरिएको आरोपसहित व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । 



  • प्रकाशित मिति : १६ मंसिर, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया