ललितपुर– ललितपुरमा ११ वर्षीय एक बालकले शनिबार राति आत्महत्या गरेका छन् । बाग्मती गाउँपालिका–२ माल्टास्थित कालिदेवी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत समीर लुङवाले शनिबार राति ९ बजे सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जनाएकाे छ ।
मृतक बालकले सुसाइड नोटमा घरपरिवार र विद्यालयका शिक्षकरशिक्षिकाबाट आफूले माया नपाएको लेखेका छन् । महानगरीय प्रहरी वृत्त चापागाउँका अनुसार बालक समीरले आमा घरमा नभएको वेला सुसाइड नोट लेखेर आत्महत्या गरेको पुष्टि गरेको छ ।
बालकले सुसाइड नोट लेखेर आत्महत्या गर्नुको कारणबारे थप अनुसन्धान भइरहेको र बालकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यस्तो छ बालकले लेखेको सुसाइड नोट :
मेरो नाम समीर लुङ्वा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन । कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ–भाउजुले हेलाँ गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दै छु ।
सरस्वती मिस, दिवाकर सर, गोविन्द सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भन्ने । म यति भन्दै बिदा माग्छु । म एघार वर्ष भएँ । म जन्मेको कार्तिक १४ गते हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।