मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देऊ’ अभियानले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ ।
‘गरिखान देऊ’ अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै पर्चा टाँसेका हुन्।
अभियानले जेनजीको बलबाट प्रधानमन्त्री बनेको अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेनजीकै मागहरूलाई बेवास्ता गरी चुनावको मात्र रटान लगाएको आरोप लगाउँदै उक्त प्रचा टाँसेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।