नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा चितवन राईनोजले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै १२१ रनको लक्ष्य दिएको हो ।
चितवनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको थियो । चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल भुर्तेल रहेका छन् ।
चितवन राईनोज र पोखरा एभेन्जर्स दुवै टोली प्लेअफ पुग्नबाट बाहिरिसकेका छन् । ६ खेलमा २ मा जित र ४ मा हारसहित चितवन तालिकाको छैठौँ र ६ खेलमा ४ खेल हारेको पोखरा २ अंकसहित तालिकाको पाँचौ स्थानमा छ । पोखरा र चितवनसहित कर्णाली र जनकपुर पनि प्लेअफ समीकरणबाट बाहिरिएका टोली हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।