'म नपुसंक हुँ, तर मेरा तीन बच्चा छन्'
रिचर्ड अहिले आफ्नी दाेस्री श्रीमतीसँग बस्छन् ।

एजेन्सी– यो कथा बेलायती एक व्यवसायीको हो जो व्यवसायमा अत्यन्त सफल मानिन्छन् । उनका तीन बच्चा छन् । उनका दुई जुम्ल्याहा छोरा १९ वर्षका भएका र उनकी जेठी श्रीमती २३ वर्षकी भइन् ।

तर, सन् २०१६ मा एउटा मेडिकल जाँच पत्ता लाग्यो कि उनी एउटा यस्तो बिमारीका रोगी हुन् जसका कारण उनको बच्चा हुनै सक्दैनन् । खासमा उनी बाबु बन्न सक्दैनथे ।

त्यसैले यो कुरा सुन्दा सुरुमा अनौठो लाग्न सक्छ ।

सन् २०१६ को सुरुवातमा नै जब रिचर्ड म्यासनलाई यो बिमारीबारे थाहा भयो, उनी निकै हैरान भए । अनि चिकित्सकहरुलाई फेरि एक पटक परीक्षण गरिदिन अनुरोध गरे ।
उनको अनुरोधमा चिकित्सकहरुले फेरि परीक्षण गरिदिए । त्यो परीक्षणमा जे नतिजा आयो, त्यसले उनको जीवनमा ठूलो परिवर्तन ल्याइदियो । यो परीक्षणपछि उनले पत्नीविरुद्ध मुद्दा दायर पनि गरे । अनि क्षतिपुर्तिस्वरुप साढे २ लाख पाउन्ड रिचर्डलाई मिल्यो पनि । 

तर, रिचर्डका लागि यो सामान्य कुरा हुन सकेन । यसले उनलाई निकै ठूलो पीडा दियो । उनले यसबारे बताएका छन्ः

जब मैले आफ्नो टेस्ट रिपोर्टमा लेखेको कुरा पढेँ, मेरो खुट्टाहरु जमिन मुनि भासिन थालेका छन् भन्ने महसुस भयो । जो पनि पुरुष जब सिस्टिक फ्ब्रिोसिसबाट ग्रसित हुन्छ, उसको बच्चाहरु हुने सम्भावना हुँद्यैन । मलाई यसबारे थाहा भएपछि मैले अचानक केही शब्द बोलेँ । ती शब्दहरु थिए– हे भगवान, म त तीन बच्चाको बुबा हुँ, यो जाँचमा सायद कुनै गडबढ भयो होला ।



तर, चिकित्सकहरुले आफ्नो जाँच अत्यन्त राम्रो भएको बताए । 

त्यसपछि मैले मेरी श्रीमतीसँग कुरा गर्न चाहेँ । लामो समयसम्म मेरो दिमागमा डाक्टरले भनेका शब्दहरु आइरहेका थिए, गुन्जिरहेका थिए ।



यसले मलाई निकै ठूलो पीडा पनि दियो, मैले मनमनै भनिरहेँ– आखिर मैले के गरेको थिएँ र यति ठूलो धोका भयो ?

र, मेरो दिमागमा एउटै प्रश्न आइरहेको थियो– आखिर मेरा तीन बच्चाका बुबा को हुन् त ?

यो क्षण यस्तो थियो कि मैले केही पनि कुराको भरोसा गर्न सकिरहेको थिइनँ ।

तर, म केमात्र सोचिरहेको थिएँ भने मैले आफ्ना बच्चाहरुको बाबुलाई कसरी पत्ता लगाउने होला ? मलाई लागिरहेको थियो, ती बच्चाहरुको बाबु त्यस्तो व्यक्ति हुनुपर्छ जो मसँग नजिक छ ।

मैले आफैंलाई प्रश्न गरिरहेको हुन्थेँ– के मेरा बच्चाहरु फुटबल खेलिरहँदा त्यो मान्छेले उनीहरुलाई हेरिरहेको हुन्थ्यो ? के त्यो व्यक्ति मेरा बच्चाहरुको स्कुलमा कहिल्यै गएको थियो ? 

तर, मलाई थाहा भएन, त्यो व्यक्ति को थियो ।

त्यसो त बिबिसीले रिचर्डकी पत्नीसँग पनि यस विषयमा कुरा गर्न खोजेको थियो तर अहिलेसम्म उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

  • प्रकाशित मिति : असार ९, २०७६ साेमबार १८:४९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया