एजेन्सी– बलिउड अभिनेता ऋषि कपुर अब पूर्णरुपमा क्यान्सरबाट मुक्त भएका छन् । तर, अझै केही समय उनले चिकित्सकहरुको निगरानीमा नै बस्नु पर्ने उनको पारिवारिक स्रोतले बताएको भन्दै केही भारतीय मिडियाले लेखेका छन् । उनी न्युयोर्कमा हुँदा उनका परिवारका व्यक्तिहरु उनलाई भेट्न पुगिरहेका छन् ।
सोमबार ऋषिकी छोरी रिद्धिमाले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा फ्यामिली फोटो भनेर सेयर गरेकी छिन् । त्यसमा उनीसँगै रणबीर कपुर, नितू कपुर, ऋषि कपुर त देखिने भइहाले । त्यही फोटोमा अटाएकी छिन् आलिया भट्ट पनि ।
त्यसैले आलिया र रणबीरको सम्बन्धबारे चर्चा फेरि एकपटक बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।