ट्रकको ठक्करबाट नेपाल विद्यार्थी संघ नेताको निधन

चितवन– साविक क्षेत्र नं ४ का नेपाल विद्यार्थी संघका पूर्वसभापति ३९ वर्षीय तिलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ ।
     
इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै  गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको 
अधिकारी सवार ना२७प ५३६ नंको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।  

मोटरसाइकललाई ठक्कर दिने ट्रक नियन्त्रणमा रहेको छ भने चालक फरार छन् ।





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १४:५६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया