काठमाडौं– संगीतकार हरि लम्सालको ‘सेतो कात्रोमा गोजी हुँदैन’ बोलको गीत लिरिकल भिडियोसहित सार्वजनिक गरिएको छ ।
‘सेतो कात्रोमा गोजी हँदैन’मा स्वर पनि हरि लम्सालकै रहेको छ । गीतमा शब्द कल्पना खरेलको रहेको छ ।
गीतमा मान्छेको जन्मदेखि मृत्युसम्म हुने अनेक कर्मलाई नजिकबाट नियाल्ने प्रयास गरिएको छ । आध्यात्मिक दृष्टिकोणबाट जन्म र मृत्युलाई केलाउन खोजेको यो गीतलाई ‘टुभेल नोट्स’ च्यानलबाट सार्वजनिक गरिएको हो ।
केही महिनाअघि सार्वजनिक भएको उनको गीत ‘परानै दिन्छु’ निकै चर्चित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।