नेकपा एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बस्ने बैठकले भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरु पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
केन्द्रीय कमिटी बैठक पश्चात मात्रै बन्द सत्र सुरु हुने छ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गौतमका अनुसार बिहान ९ बजे केन्द्रीय कमिटी बैठक बस्दैछ ।
यसअघि बन्दसत्र बिहान ७ः३० बजे सुरु गर्ने तयारी गरिएको थियो । तर त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने भएकोले बन्दसत्र सारिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।