७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

यी हुन् एनपिएलमा सर्वाधिक पुरस्कार जित्ने ४ खेलाडी, कसले के जिते ?

नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण शनिबार सम्पन्न भएको छ । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै यस वर्षको एनपिएलको उपाधि लुम्बिनी लायन्सले जितेको छ । खेल सकिएसँगै एनपिएलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विभिन्न पुरस्कार तथा धनराशीले सम्मान गरिएको छ ।

यस वर्ष लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल एनपिएलको सर्वोत्कृष्ट नेपाली खेलाडी बनेका छन् । पौडेलले सर्वोत्कृष्ट खेल प्रदर्शनगरी नेपाली बजारमा ६१ लाख रूपैयाँ पर्ने ओमोडा कार पुरस्कार हासिल गरेका हुन् । साथै प्रतियोगितामा उत्कृष्ट ब्याटर पनि बन्न सफल भएकाले उनले पल्सर बाइक पनि जितेका छन् ।



यस्तै लुम्बिनी लायन्सकै खेलाडी शेर मल्ल प्रतियोगिताको उत्कृष्ट उदीयमान खेलाडी बन्न सफल भएर पल्सर बाइक पुरस्कार हात पारेका छन् । लुम्बिनीकै अर्का रुवेन ट्रम्पलम्यान प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै ५ लाख रूपैयाँ नगद पुरस्कार पाएका छन् ।

त्यस्तै प्रतियोगितामा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर बन्न सफल भए । उनले पनि पल्सर बाइक पुरस्कार हात पारेका छन् ।



यस्तै ‘रेडबुल इनरजेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ अवार्ड सुदूरपश्चिमका फास्ट बलर अविनाश बोहराले जिते । योसँगै उनले दुई लाख रुपैयाँ प्राप्त गरे । यसैगरी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टको अवार्ड लुम्बिनीमा आबद्ध स्पिनर तिलकराज भण्डारीले जिते । योसँगै उनले २ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।



  • प्रकाशित मिति : २८ मंसिर, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया