नेकपा एमालेको ११ औँ महाधिवेशनको बन्दसत्र दोस्रो पटक सारिएको छ । आज बिहान ७ः३० बजेदेखि सुरू हुने भनिएको बन्दसत्र एमाले केन्द्रीय बैठक बस्ने भएपछि मध्यान्ह १२ः१५ बजेका लागि सारिएको थियो । अहिले उक्त समयलाई पुनः दिउँसो १ बजेका लागि सारिएको छ ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ । अहिले केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भइरहेको छ ।
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने नेता महेश बस्नेतले जानकारी दिए । बन्दसत्र सरेपनि प्रतिनिधिहरु बिहानै भृकुटीमण्डपमा पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।