७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

एमाले केन्द्रीय कमिटी बैठकमा पदाधिकारी थप्ने ओलीको तयारी, प्रतिवादमा ईश्वर पोखरेलसहितका नेताहरू

नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव अघि सारेका छन्।

बैठकमा अध्यक्ष ओलीले प्रत्यक्षरूपमा प्रस्ताव नराखी निकटस्थ नेतामार्फत विधान संशोधनको पक्षमा माहोल बनाइरहेको बताइएको छ । सिधै प्रस्ताव ल्याउँदा विरोध हुन सक्ने भन्दै ओली पक्षका नेताहरूले फ्लोरबाट विधान संशोधनको प्रस्ताव राखेका हुन्।



सोही क्रममा केन्द्रीय सदस्य खिमलाल देवकोटा, शेरबहादुर तामाङलगायत नेताहरूले ९ सचिव र ५ उपाध्यक्ष रहने गरी पदाधिकारी संख्या बढाउनुपर्ने प्रस्ताव बैठकमा राखेका छन्। यस विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको छ।

कतिपय केन्द्रीय सदस्यहरूले ३०१ वा ३५१ सदस्यीय केन्द्रीय कमिटी, स्थायी कमिटीसहित चार तहको संरचना बनाउनुपर्ने माग पनि अघि सारेका छन्। ईश्वर पोखरेलसहितका नेताहरू भने त्यसको प्रतिवादमा छन् । 



वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षले विधान संशोधनको विरोध गर्दै आएको हो । 

फ्लोरबाट संशोधन प्रस्ताव आए आफूहरूले पनि फरक अवधारणा पेस गर्न पाउनुपर्ने माग उनी पक्षका नेताहरूले राखेका छन्।

मतभेदका कारण केन्द्रीय कमिटी बैठक केही समय लम्बिने देखिएको छ। एमालेले आज दिउँसो १ बजे बन्दसत्र बोलाएको छ। 



  • प्रकाशित मिति : २८ मंसिर, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया