७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

वरिष्ठ उपाध्यक्ष पद हटाउने एमालेको निर्णय

नेकपा एमालेले पार्टी संरचनाबाट वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ । दसौँ महाधिवेशनपछि गठित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्दै उक्त पद खारेज गर्ने निर्णय गरेको हो ।  

संशोधित विधानअनुसार १९ सदस्यीय पदाधिकारी संरचनाको प्रस्ताव बन्द सत्रमा पेस गरिने पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।



यसअघि गत भदौमा ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने व्यवस्था गरेको थियो । त्यही व्यवस्थाअनुसार महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने निर्णय दुई दिनअघि बसेको सचिवालय बैठकले समेत गरेको थियो । 

यद्यपि आइतबार बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले उक्त निर्णय परिवर्तन गर्दै पदाधिकारी संख्या बढाउने र विधान संशोधन गर्ने विकल्प रोजेको हो।



संशोधित प्रस्तावअनुसार पार्टीमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ सचिव रहने व्यवस्था गरिएको छ ।  



  • प्रकाशित मिति : २८ मंसिर, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया