७ माघ, २०८२ बुधबार
Jan. 21, 2026

ट्रान्सपरेन्सी इन्टरनेशनलद्वारा महान्यायाधिवक्ता सबिता भण्डारी निलम्बित

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई संस्थाको साधारण सदस्यबाट निलम्बन गरेको छ।

उनी सार्वजनिक पदमा पुगेपछि र त्यससँग जोडिएका केही विषयमा विवाद उठेपछि ट्रान्सपरेन्सीको कार्यसमितिले उनलाई सदस्यताबाट निलम्बन गर्ने निर्णय गरेको हो। कार्यसमितिका एक सदस्यका अनुसार संस्थाको मूल्यमान्यता र विश्वासमाथि प्रश्न उठ्न थालेपछि उक्त कदम चालिएको हो।



कार्यसमितिका अनुसार विवाद सुरु भएलगत्तै उनलाई राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो, तर उनले अस्वीकार गरेकी थिइन्। यद्यपि विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनर्विचार हुन सक्ने संकेत पनि कार्यसमितिले दिएको छ। 





  • प्रकाशित मिति : २८ मंसिर, २०८२ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया