काठमाडौं महानगरपालिकाको बजेट सार्वजनिक

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले मंगलबार १५ अर्ब ५० करोड ७० लाख १२ हजारको रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

जसअनुसार महानगरले पुँजीगत खर्चको लागि १ अर्ब ५५ करोड ३५ लाख अर्थात् १०.८ प्रतिशत, तलब, पारिश्रमिक, सुविधाको लागि १ अर्ब ४१ करोड ५ लाख अर्थात् ९.८१ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

कार्यालय सञ्चालनको लागि महानगरपालिकाले ५९ करोड ४३ लाख ५० हजार अर्थात् बजेटको ४.१३ छुट्याएको छ । पूर्वाधार सुधार तथा अन्य विकासको लागि ७ अर्ब ४३ करोड ९६ लाख ९२ हजार अर्थत् ५१.७४ प्रतिशत खर्चको अनुमान छ ।

महानगरले नेपाल सकार सशर्त अनुदानबाट पुँजीगत खर्च ३ अर्ब ३८ करोड ६ लाख तथा जग्गा एकीकरण आयोजनाको लागि १ अर्ब १२ करोड ८२ लाख ७० हजार खर्च गर्ने तयारी गरेको छ ।





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १६:२६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया