कञ्चनपुर– कञ्चनपुरमा खानेपानी मन्त्री बिना मगरलाई कालो झन्डा देखाएको निहुँमा नेकपाका कार्यकर्ताले कांग्रेस कार्यकर्तालाई निर्घात कुटेका छन् ।
कञ्चनपुरको डोके बजार क्षेत्रमा मंगलबार दिउँसो दुई पक्षका कार्यकर्ताबीच तनाव भएको बताइएको छ । अहिले स्थिति सामान्य भइसकेको र मन्त्री मगर कार्यक्रममा गइसकेको प्रहरीको भनाइ छ ।
खानेपानी मन्त्रीले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउन खोजेपछि दुई पक्षबीच झडप भएको हो ।
मन्त्री मगर पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनका लागि जाँदै गर्दा बाटोमा दुई पक्षका कार्यकर्ताबीच झडप भएको हो।
झडपबाट कांग्रेसका क्षेत्रीय सभापति गोपी उपाध्याय, तरुण दलका राम खड्का, विक्रम चन्द घाइते भएका छन् ।
उनीहरूको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।