देउवा, ओली र म एक–अर्काबाट फुत्किन सक्ने अवस्थामा छैनौँ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख राजनीतिक दलहरू छुट्टिनै नसक्ने गरी एकैठाउँमा उभिएको बताएका छन् । चितवनको भरतपुर नगरपालिकाको चौथो नगरसभा उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।  

अहिलेको विशेष परिस्थिति रहेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो मात्र नभई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेतको एकता बलियो रहेको बताए ।

उनले भने, ‘अहिले हामीहरू एक–अर्काबाट फुत्किन सक्ने अवस्थामा छैनौँ, फुत्किनु भनेको अर्को दुर्घटना निम्त्याउनु हो ।’ 

कार्यक्रमका केही सहभागीले प्रधानमन्त्री भनेर सम्बोधन गरेपछि त्यसको जवाफमा उनले अहिले नै आफूलाई प्रधानमन्त्री नभन्न आग्रह गरे । भने, ‘मलाई हत्त न पत्त प्रधानमन्त्री नभनिदिनुस् न । तपाईंहरूले भन्दा त मुखमा आएको पनि जान बेर छैन ।’

चिवतनमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पैसाको अभावले नरोकिने बताएका छन् । ‘चितवन क्रिकेट रंगशाला चितवनका लागि मात्रै र्होइन राष्ट्रका लागि नै बनाउन लागिएको हो,’ उनले भने, पैसाको कारणले रंगशाला निर्माणमा रोकिँदैन ।’





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १७:५४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया