रणबीरलाई मन पर्यो दीपिकाको डिम्पल

एजेन्सी– बलिउड अभिनेता रणबीर सिंह र अभिनेत्री दीपिका पादुकोण बारम्बार आफ्ना सामाजिक सन्जालमा लेखिएका कुराहरुका कारण चर्चामा आउँछन् । यी दुईले एकअर्कालाई कति ख्याल गर्छन् भन्ने कुरा पनि उनीहरुको सामाजिक सन्जालमा पोस्ट हेरेरै थाहा पाउन सकिन्छ । 

यसको पछिल्लो उदाहरण हो, दीपिका पादुकोणले इन्स्टाग्राममा राखेको आफ्नो फोटो र त्यसमा रणबीरले गरेको कमेन्ट । दीपिकाले इन्स्टाग्राममा एउटा फोटो सिरिज राखेकी छिन् । त्यहाँ रणबीरले गरेको कमेन्ट निकै छाएको छ । 

दीपिकाले राखेको एउटा फोटोमा रणबीरले कमेन्ट गरेका छन्– तिम्रो डिम्पलले मेरो मनै खायो । त्यसैले पनि यो कुरा अहिले भारतीय मिडियामा निकै छाएको छ । रणबीर र दीपिका अहिले आआफ्ना फिल्ममा व्यस्त छन् । रणबीर फिल्म ८३ मा काम गरिरहेका छन् भने दीपिकाले केही अघिमात्र फिल्म छपाकको सुटिङ सकाएकी छिन् । 





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार १८:५४:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया