समयमा शौच नगर्दा के हुन्छ  ?

काठमाडाै‌ं– बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपनिर्देशक मूत्ररोग विशेषज्ञ डा. निर्मल लामिछाने दिसा–पिसाब समयमै गर्नुपर्ने बताउँछन् ।

उनका अनुसार मूत्रथैलीमा २०० मिलिलिटर पिसाब पुगेपछि शौच गर्न मन हुन्छ । यो पिसाब बढेर ३५० मिलिलिटर पुगेपछि मानिस पिसाब च्यापेर शौचालय खोज्न थाल्दछ । यित गर्दा पनि पिसाब फेर्न नपाएमा पिसाब थैलीबाट मिर्गौलातर्फ पिसाब फर्किन्छ ।

मिर्गाैलाबाट दुई वटा नली हुँदै पिसाब बगेर पिसाब थैली भरिन्छ । समयमा पिसाब नफेरेमा फर्किएर पुनःमिर्गाैलामा फर्किने हुँदा यसबाट मिर्गौलामा दबाब भइ पिसाब छान्न समस्या हुने डा लामिछानेको भनाइ छ।

लामो समयसम्म पिसाब नफेर्ने गरेमा दीर्घकालीनरुपमा मिर्गौलाको समस्या देखिने र दिसा पनि समयमा नगर्दा दिसाको पानीको मात्रा कम हुँदै जाने र गोटा पर्नाले थप जटिलता थपिन्छ । 

खुला दिसा–पिसाब गरे के हुन्छ? 

खुला ठाउँमा दिसा–पिसाब गर्दा झाडापखाला, कमलपित्त, आउँ, हैजा, विषमज्वरोजस्ता रोग लाग्न सक्छन् ।

वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडा खुला ठाउँमा दिसा–पिसाब गर्दा पानीमा मिसिएर महामारी रोग फैलिन सक्ने बताउछन्। झिङ्गामार्फत् त्यस्ता रोग सर्ने र भयावह हुन सक्ने भएकाले शौचालयमा मात्रै दिसाब पिसाब गर्न र त्यसपपछि राम्रोसँग हात धुनपर्नेमा उनकाे सुझाव छ । 

एक ग्राम दिसामा एक करोड भाइरस, १० लाख ब्याक्टेरिया, एक हजार परजीवी र १०० जुकाको अण्डा हुनसक्ने बताइन्छ ।



घातक रोग लगाउने यी जीवाणुलाई आँखाले राम्रोसित देख्न सकिँदैन । दिसाजन्य रोगका कारण वर्षेनी झाडापखालालगायत प्रकोप फैलिने गरेका छन् । यस्ता रोगले सयौँको ज्यान जाने गरेको छ । 



  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार २०:०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया