केटाकेटीसामु मदिरा पिउन किन हुँदैन ?

घरमा केटाकेटीसामु मदिरा पिउने बानी छ भने सावधान हुनुहोस्, तपाईं आफ्नो छोराछोरीमाथि नराम्रो असर पार्दै हुनुहुन्छ । बेलायतको इन्सटिच्युट अफ अल्कोहल स्टडिजले प्रकाशन गरेको एक अध्ययन रिपोर्टअनुसार तपाईंले केटाकेटीसामु मदिरा पिउनु उनीहरुलाई पनि पिउन प्रोत्साहन गर्नु हो । 

जब तपाईंले किसोरकिसोरीका अगाडि पिउनुहुन्छ, उनीहरुमा ‘पिउनु ठीक हो’ भन्ने मानसिकताको विकास हुन्छ । त्यसैले, जानकारहरु १५ वर्षमुनिका केटाकेटी मदिरामुक्त वातावरणमा हुर्किनुपर्ने बताउँछन् । 

प्रायः अभिभावकमा केटाकेटीले उनीहरुले पिएकोमा चासो राख्दैनन् भन्ने सोचाइ हुन्छ । तर, यो गलत सोचाइ हो । अध्ययनले आधाजसो बेलायती अभिभावकले आफ्ना केटाकेटीका अगाडि हल्का पिउने गरेको देखाएको छ । एकतिहाइ अभिभावक भने पूरै ‘ड्रंक’ हुने गरेका छन् । 

तीमध्ये, एकचौथाई अभिभावकका छोराछोरीले आफ्ना बाबुआमाले पिउँदा ‘इम्ब्यारेस्ड’ भएको बताए । बाँकीले भने उनीहरुका अभिभावकले बेड टाइम बिर्सेको, उनीहरुसँग अरुवेलाभन्दा बढी वादविवाद गरेको प्रतिक्रिया दिए । 

निष्कर्षस्वरुप रिपोर्टले ‘मदिरा पिउनुलाई ग्ल्यामराइज नगर्न’ अभिभावकहरुलाई सुभाब दिएको छ । अल्कोहलका हानि र खतराबारे आफ्ना केटाकेटीसँग खुलेर कुरा गर्न तर आफ्नो ह्याङओभरबारे कुरा नगर्न पनि रिपोर्टले सुझाएको छ ।





  • प्रकाशित मिति : असार १०, २०७६ मंगलबार २३:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया