एजेन्सी– दुई वर्षअघि पेरिस सेन्ट जर्मन (पिएसजी)मा गएका फुटबलर नेयमार एक पटक फेरि आफ्नो पुरानो क्लब बार्सिलोना फर्किन सक्ने सम्भावना बढेको छ । स्पेनका मिडियामा आएका रिपोर्टअनुसार क्लबका अधिकारीहरुसँग नेयमारले मौखिक सम्झौता गरिसकेका पनि छन् ।
ती रिपोर्टहरुका अनुसार नेयमारले यसपटक आफ्नो पुरानो तलब २.४ करोड युरोमा नै बार्सिलोनाका अधिकारीहरुलाई आफू आउन तयार भएको जानकारी दिएका छन् । उनी पिएसजीमा चाहिँ ३.६ करोड युरोमा अनुबन्धित भएर गएका थिए ।
तर, यसबारे पिएसजीले केही पनि बताएको छैन । न उसले खेलाडीका लागि ट्रान्सफर वा सेल विन्डो खोलेको नै छ । दुई वर्ष पहिले पिएसजीले बार्सिलोनाबाट खरिद गर्न त्यति बेलाको रेकर्ड बनाउँदै २२.२० करोड युरोमा नेयमारलाई लगेको थियो ।
अब नेयमार फर्किने र यसका लागि उनले बार्सिलोनासँग पाँच वर्षको लागि सम्झौता गरेको स्पेनका मिडियाहरुको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।