इटहरी– इटहरीका मेयर द्वारिकलाल चौधरीले महिलालाई अपमान हुने शब्द प्रयोग गरेकाेमा कारवाही हुनु पर्ने माग गर्दै इटहरीका २१ वटा सामाजिक संस्थाले प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएका छन् ।
वेश्याबृत्ति नियन्त्रण गर्ने कार्यक्रममा महिलालाई अपमान हुनेगरी शब्द प्रयोग गरेकाे भन्दै चौधरीलाई फौजदारी अपराधमा कारबाही गर्न माग गर्दै समाजिक संस्थाहरुले मुख्यमन्त्री शेरधन राईलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका हुन् ।
चौधरीले पित्तृसत्तात्मक सोचले ग्रस्त भएर देशको संविधानको मर्म र फौजदारी संहिता बिपरित महिलाहरुलाई अपमानजक गाली गलौज गरेकोले उनलाई कारबाही हुनुपर्ने माग छ । महिला सञ्जाल इटहरी, मानव अधिकार रक्षक परिषद इटहरी, मानव अधिकार रक्षक परिषद एक नम्बर प्रदेश, श्रमिक महिला साझा मञ्च सुनसरीलगायतका संस्थाले सो माग गरेका हुन् ।
मेयर चौधरीले ४ असारमा इटहरी उपमहानगरपालिका १६ र १७ मा आयोजित समाजिक बिकृती नियन्त्रण गर्ने कार्यक्रममा महिला बिरुद्ध आपत्तिजनक शब्द बोलेका थिए ।
उनले केही दिनअगाडि प्रेस विज्ञप्ती जारी गरी माफी समेत मागेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।