काभ्रेमा सवारी दुर्घटना, आठ प्रहरी घाइते

काठमाडौं– काभ्रेको मण्डनदेउपुर नगरपालिकामा प्रहरीको सवारी दुर्घटना हुँदा ८ प्रहरी घाइते भएका छन् । मोटरसाइकल दुर्घटनाको अवस्था बुझनका लागि गएको प्रहरीको भ्यान दुर्घटनामा परेको हो ।

बागमती गुल्मबाट अटिएको प्रहरी नायव निरीक्षकको कमान्डको प्रहरीको गाडी पनौती नगरपालिकाको बाँघारीमा अर्को जिपसँग ठोक्किएर दुर्घटना परेको हो । 

ना१ग ४८४ नम्बरको प्रहरीको गाडीले रोकेर राखेको बा१३च ५०७५ नम्बरको जिपलाई पछाडिबाट ठक्कर दिन पुगेको थियो । प्रहरीको गाडीमा सवार २१ मध्ये आठजना घाइते भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको काठमाडौंमा र केहीलाई प्रहरीकै शिर मेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएको छ ।





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १५:११:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया