नक्कली मेस्सी बनेर २३ युवतीसँग यौनशोषण गरेको आरोप

एजेन्सी– फुटबल स्टार मेस्सीजस्तै देखिने इरानका एक युवकमाथि आफू लिओनल मेस्सी भएको भन्दै २३ युवतीसँग यौनसम्बन्ध राखेको आरोप लागेको छ । 

रेजा पारास्तेस नाम गरेका ती युवकलाई ‘इरानी मेस्सी’को उपमा दिइएको थियो । उनले २३ जना महिलासँग यौनसम्बन्ध राखेको खबर स्पेनको एक पत्रिकाले प्रकाशन गरेको थियो । 

अहिले यो खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । धेरैले उनलाई इरानी मेस्सी भन्ने गर्छन् । हुन पनि पारास्तेस मेस्सीजस्तै देखिन्छन् । 

तर, पारास्तेसले भने आफ्नो छवि र प्रसिद्धिमाथि नखेल्न चेतावनी दिएका छन् । आफूमाथि लागेको आरोप अस्वीकार गर्दै उनले इन्स्टाग्राममा सन्देश लेख्दै सो आरोपको खण्डन गरेका छन् ।





  • प्रकाशित मिति : असार ११, २०७६ बुधबार १७:२३:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया