काठमाडौं– उपराष्ट्रपतिको कार्यालय बुधबारबाट औपचारिक रूपमा बहादुर भवन, कान्तिपथबाट लैनचौरस्थित उपराष्ट्रपति भवनमा स्थानान्तरण भएको छ । साविकको समाज कल्याण परिषद्को सो भवनलाई ‘ग्रिन हाउस’का नामले चिनिन्छ ।
बुधबारबाट कार्यालय स्थानान्तरण भएको जानकारी उपराष्ट्रपतिको कार्यालयले बुधबार वक्तव्य प्रकाशित गरेर गराएको हो । यसअघि मन्त्रिपरिषद्ले लैनचौरस्थित समाज कल्याण परिषद्को कार्यालयलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेको थियो ।
उक्त भवनको मर्मत–सम्भार गरी बुधबारबाट कार्यालय सञ्चालन गर्न थालिएको हो । सो भवनवरपर प्राकृतिक हरियाली भएको र थप वातावरणमैत्री बनाउनका लागि भवनमा हरियो रङ नै लगाएर ‘ग्रिन हाउस’ नामाकरण गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।