काठमाडौं– प्रहरीले दुई कवि ठाकुरप्रसाद तिम्सिना (रसुवाली कवि) र संगीत स्रोतालाई पक्राउ गरेको छ ।
दुवै जनालाई नेपाल ल क्याम्पसभन्दा बाहिरबाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पहिले रसुवाली कवि र पछि संगीत स्रोतालाई पक्राउ पुर्जी नभइ पक्राउ गरेको र सुरुमा महेन्द्र पुलिस क्लब र पछि अनामनगरमा लगेको छ ।
प्रहरीले दुवैलाई छोडेको बताए पनि दुवै अहिले पनि प्रहरी नियन्त्रणमा नै छन् । दुवैलाई नेत्रविक्रम चन्द विप्लव समूहमा लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।
स्रोता अहिले नयाँ पत्रिका दैनिकसँग आवद्ध छन् ।
‘स्रोता पहिले माओवादी सशस्त्र युद्धको समयमा पनि पक्राउमा परेका थिए,’ प्रहरीले दाबी गरेकाे छ, ‘अहिले पनि उनी विप्लव गतिविधिमा छन् कि भन्ने आशंकामा पक्राउ गरिएको हो । उनी नयाँ पत्रिकाका पत्रकार भन्ने थाहा भएपछि छोडिएको छ ।’
तर, स्रोता र रसुवाली कवि दुवै अहिले पनि प्रहरी नियन्त्रणमा नै छन् ।
नेपाल ल क्याम्पसमा एक अनौपचारिक कार्यक्रममा सहभागी भएका यी दुवैलाई कार्यक्रम सकिएलगत्तै पक्राउ गरिएको हो ।
रसुवाली कवि केही अघि पनि पक्राउमा परेका थिए । २८ दिन हिरासतमा राखिएपछि अदालतकाे आदेश आएपछि उनलाई छाेडिएकाे थियाे । केही दिन अघि काठमाडाैं जिल्ला अदालतले उनलाई सफाइ दिएकाे थियाे ।
रसुवाली कविकाे याे विचार पनि पढ्नुहाेस्:
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।