चिडियाखानाभित्रै गधालाई पेण्ट गरेर जेब्रा बनाएपछि...

नेपालीमा एउटा उखान छ– ‘गधा धोएर गाई बन्दैन ।’ यो सबैलाई थाहा भएकै कुरा हो ।

तर, काहिराको चिडियाखानामा एउटा यस्तै घटना घटेको छ । जहाँ गधालाई पेण्ट गरेर जेब्रा बनाइएको छ । पर्यकटकलाई आकर्षित गर्नका लागि यो अनौठो तरिका अपनाइएको हो । गधालाई जेब्रा बनाउन करिब एक घण्टाको समय लागेको थियो ।

अन्तर्राष्ट्रिय समाचार प्रदायक टेलिग्राफ र डेलिमेल जस्ता समाचार पत्रका अनुसार मिस्रको राजधानी काहिरामा बठ्याइँपूर्वक यस्तो नमुना पेस गरिएको हो । त्यहाँस्थित चिडियाखानामा कर्मचारीले जेव्रा हेर्न चाहनेहरुको लामो लाइन देखेर पर्यटकलाई आकर्षित गर्नका लागि गधालाई पेण्ट गरेर कालो र सेतो धर्का बनाइदिए ।

र, त्यसलाई जेब्रा घोषित गरिदिए । जब गधाको जस्तो व्यवहार देखेर एक विद्यार्थीले पत्ता लगाउन खोजे, वास्तविकता लुक्न सकेन । त्यसपछि उनले जेब्रा बनाइएको गधाको फोटो सामाजिक सन्जालमा राखिदिए । अनि भयो,भाइरल । मान्छेले चिडियाखाना प्रशासनमाथि ट्रोल बनाउन थाले । यति हुँदा पनि चिडियाखानाका कर्मचारीले उक्त वास्तविकतालाई अस्वीकार गरिरहेका छन् ।

फेसबुकमा हंगामा

काहिराबासी एक छात्र महमुद ए–सराहनी स्थानीय इन्टरनेशनल गार्डन पार्क नामको चिडियाखानामा घुम्न गए । त्यहाँ उनले जेब्राको पिँजडामा कालो–सेतो धर्कावाला जनावर देखे । अन्य मान्छेले त्यस जनावरलाई जेब्रा नै सम्झिरहेका बेला महमुदलाई केही गडबढी जस्तो लाग्यो । ध्यान दिएर हेर्दा त्यसका कान पनि सामान्य जेब्राभन्दा ठूला थिए । जब उक्त जनावरको व्यवहार छात्रले देखे, उनलाई शंका लाग्यो ।



छात्रले ध्यानपूर्वक जनावरको चियोचर्चो गरे । यतिमा थाहा लाग्यो कि, त्यो जनावर जेब्रा नभएर गधा हो । गधालाई पेण्ट गरेर जेब्रा बनाइएको हो । उनले जनावरको फोटो खिचे । र, पोस्ट्याए सामाजिक सन्जालमा । त्यसपछि त के ! भाइरल भइहाल्यो । हंगामा सुरु भयो ।



  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया