कांग्रेसले लगायो पोखरा महानगरमा ताला

पोखरा– पोखरा महानगरपालिकाको गेटमा कांग्रेसका जनप्रतिनिधिले बिहिबार ताला लगाएका छन् । यसअघि त्यहाँ कांग्रेसका प्रतिनिधिले नगरसभामा प्रस्तुत भएको वार्षिक बजेट विवरण (रेडबुक) च्यातिएको थियो । महानगरले बुधबार रेडबुक प्रस्तुत गरेको थियो । 

रेडबुकमाथि छलफल नै नभइ पारित गरिएको आरोप लगाउँदै कांग्रेस जनप्रतिनिधिले ताला लगाएका हुन् । यतिमात्र होइन, मेयर मानबहादुर जिसीले आफूहरुमाथि धम्किपूर्ण भाषा प्रयोग गरेको पनि उनीहरुको आरोप छ । 

कांग्रेस प्रतिनिधिहरुले अझै पनि महानगरले अटेर गरेमा आन्दोलन थप चर्काउने बताएका छन् । उनीहरुले बजेट नगरस्तरीय नआएको, आफूहरुले रेडबुकको अध्ययन गर्न नपाएको आरोप लगाएका छन् । 

महानगरले ७ अर्ब ५४ लाखको बजेट सार्वजनिक गरेको थियो । 





  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार ११:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया