एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जी २० सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न सक्नेछन् । तर, यसबारे प्रश्न सोध्ने मिडियालाई ट्रम्पले हकारेका छन् । उनलेभनेका छन्, ‘मेरो पुटिनसँग राम्रो कुराकानी हुनेछ । म उनलाई के भन्नेछु र के भन्नेछैन भन्ने कुरासँग मिडियालाई के मतलब ?’ दुई दिवसीय जी २० सम्मेलन जापानमा ओसाकामा २८ र २९ जुनमा हुँदैछ ।
त्यही सम्मेलनमा ट्रम्पले चिनियाँ राष्ट्रपति जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
अर्कोतिर अमेरिकाका विशेष अधिवक्ता रोबर्ट मुलर २०१६ को राष्ट्रपति चुनावमा रुसी दखलबारे आफ्नो रिपोर्टबारे जवाफ दिन तयार भएका छन् रोबर्टले दिने यो बयानपछि नै ट्रम्प र पुटिनको भेटघाट हुँदैछ । उनीहरुले भेटमा अमेरिका इरानबीच अहिले भइरहेको तनावबारे सल्लाह गर्न सक्ने अनुमान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।