मर्जरमा जान बैंकहरूलाई राष्ट्र बैंकको दबाब

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूलाई मर्जरमा जान दबाब दिएको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले मर्जर गर्ने प्रतिबद्धता पेस गर्न बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएका छन् ।

राष्ट्र बैंकले बिहीबार विभिन्न बैंकका अध्यक्ष र सिइओसँग छलफल गरेको थियो । सो छलफलमा उपस्थित अध्यक्ष र सिइओलाई गभर्नर नेपालले १५ दिनभित्रै मर्जरको प्रतिबद्धता गर्न निर्देशन दिएका छन् । 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको विषयमा छलफलका लागि राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकका अध्यक्ष र सिइओलाई बोलाएको थियो । छलफलमा बोल्दै गभर्नर नेपालले आगामी २७ गते मौद्रिक नीति आउने जानकारी गराएका थिए । त्यसअघि नै मर्जरका लागि प्रतिबद्धता पेस गर्न उनले दबाब दिएका हुन् । 





  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १५:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया