एसइई नतिजामा शान्ता चाैधरीभन्दा करिश्मा मानन्धर अब्बल

काठमाडौं– २०७५ सालको एसइई परीक्षामा सहभागी भएका दुई सेलेब्रिटीले सबैको ध्यान खिचेका थिए । नेकपाकी नेतृ शान्ता चौधरी र अभिनेत्री एवं तत्कालीन नयाँ शक्तिकी नेतृ करिश्मा मानन्धर एसइई परीक्षामा सहभागी हुँदा धेरैले आश्चर्य मानेका थिए । 

पूर्वकमलरी हुँदै राजनीतिमा प्रवेश गरेकी चौधरी र सफल अभिनेत्री हुँदै राजनीतिमा लागेकी करिश्मा मानन्धरले उमेर ढल्केपछि पनि पढाइलाई महत्व दिएका कारण उनीहरू चर्चामा आएका हुन् । व्यस्त राजनीतिक जीवनकाबीच उनीहरू एसइई परीक्षामा सहभागी भएका थिए । यद्यपि करिश्माले पछिल्लाे समय राजनीति छाडिसकेको बताउने गरिसकेकी छिन् ।     

उमेरले चार दशक पार गरिसकेका उनीहरूको पढाइप्रतिको लगाव देखेर सबैले उनीहरूको प्रशंसा पनि गरेका थिए । अहिले एसइईको नतिजा सार्वजनिक भइसकेको छ । सार्वजनिक नतिजाअनुसार करिश्मा शान्ताभन्दा अब्बल देखिएकी छिन् । 

करिश्मा एसईई परीक्षामा ३ जिपिए नम्बरसहित उत्तीर्ण भएकी छिन् भने शान्ताले २.६५ जिपिए प्राप्त गरेकी छिन् । यसरी हेर्दा पढाइमा शान्ताभन्दा करिश्मा अब्बल ठहरिएकी छिन् । अब उनीहरूले उच्च शिक्षालाई निरन्तरता देलान् कि नदेलान् भन्नेमा सबैको चासो छ ।






  • प्रकाशित मिति : असार १२, २०७६ बिहीबार १७:५९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया