गेलले टी–२० नखेल्ने, अरु खेल्ने

एजेन्सी– वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल सिक्स मेसिन भनेर पनि चिनिन्छन् । त्यसो त उनले आफ्नो आत्मकथा पनि सिक्स मेसिन शीर्षकमा नै निकालेका छन् । आत्मकथामा आफूले चाहेका कुरा पूरा गर्दै गएको उनले उल्लेख गरेका छन् । 

अब यी विस्फोटक ब्याट्सम्यानले एक दिवशीय खेलबाट विश्वकपदेखि सन्न्यास लिने आफ्नो निर्णय परिवर्तन भएको बताएका छन् । बरु उनले त आफू अब टेस्ट पनि खेल्न सक्ने बताएका छन् । उनले पाँच वर्षयता टेस्ट खेलेका छैनन् । 

३९ वर्षका क्रिस गेलले गत फ्रेबुअरीमा यो विश्वकप पछि आफूले सन्न्यास लिने बताएका थिए । 

उनले एक दिवशीय खेलमा १०३४५ रन जोडेका छन् । वेस्ट इन्डिजका ब्रायन लारापछि सबैभन्दा धेरै रन जोड्ने खेलाडी हुन् क्रिस गेल । उनले एक दिवशीय अन्तर्राष्ट्रिय खेलहरुमा २५ रन पनि प्रहार गरिसकेका छन् । 

उनले बुधबार भनेका छन्, ‘म भारतविरुद्धको एक दिवशीय (यो खेल अक्टोबरमा हुँदैछ) खेल्नेछु । तर, टि २० चाहिँ अब खेल्दिनँ ।’

उनले त बरु आफूले टेस्ट खेल पनि खेल्ने बताएका छन् । 



गेलले सन् २०१४ को सेप्टेम्बरदेखि टेस्ट खेलेका छैनन् । 

गेलले सन् २०१५ मा जिम्बावेविरुद्ध एक्लै २१५ रनको पारी खेलेका थिए । यो एक दिवशीय खेलमा चौथों सबैभन्दा ठूलो रन हो । उनी एक दिवशीय खेलमा एक्लै दुई शतक प्रहार गर्ने ६ खेलाडीमध्ये एक हुन् । 



‘यसअघि भनेको जस्तै यो अन्तिम होइन, मैले केही अरु खेलहरु खेल्नु पर्ने छ,’ उनले भनेका छन्, ‘अर्को सिरिज नै पनि हुनसक्छ, कसलाई थाहा छ र ? हेरौँ के हुन्छ ।’ 

यो विश्वकपमा चाहिँ वेस्ट इन्डिजले राम्रो प्रदर्शन गर्न सकेको छैन । ऊ अंक तालिकाको अन्तिम स्थानमा छ । 

  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार २:१२:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया