किन काटे २२ वर्षीय युवकले आफ्नै लिंग ?

मोरङ– मोरङमा २२ वर्षीय एक युवकले आफ्नै लिंग चक्कुले काटेर दुई टुक्रा बनाएका छन् । लेटाङ नगरपालिका–३ मिलन चोकका सुनील राईले आफ्नै लिंग काटेर दुई टुक्रा बनाएका हुन् । 

राईले बिहीबार तरकारी काट्ने चक्कुले आफ्नै लिंग काटेका हुन् । चार वर्षअघि बिहे गरेका राईले केही समययता असामान्य व्यवहार देखाउँदै आएको उनको परिवारले जनाएको छ । 

हाल उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । राईलाई नर्मल वार्डमा राखेर उपचार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी गराएको छ । सुरुमा राईलाई विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको तर त्यहाँ उपचार हुन नसकेपछि  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

तीन वर्षका छोराका बाबु बनिसकेका राई नियमित मदिरा सेवन गर्ने गर्थे । उनी केही समयदेखि एकोहोरो टोलाउने र घर छाडेर हिँड्ने गरेको उनका बुबालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 

पारिवारसँग उनको सम्बन्ध राम्रै रहेको बताएको छ । तर, उनले किन यस्तो गरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १६:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया