विवेकशील नेपालीको राष्ट्रिय नीति सम्मेलन रोल्पामा सुरु

काठमाडौं– विवेकशील नेपाली पार्टीको नीति सम्मेलन रोल्पाको सदरमुकाम लिवाङमा शुक्रबारबाट सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त सम्मेलनले पार्टीको विधान, नीति पारित गर्दै आगामी रणनीति तय गर्ने बताइएको छ । 

सम्मेलनको पहिलो दिन सहभागीले हातमा नेपालको झन्डा बोकी वाणिज्य संघको सभाहलबाट सुरु गरी सहरको प्रभातफेरी गरेका थिए । कार्यक्रममा सहभागी तथा अतिथिलाई स्वागत गर्दै कार्यक्रमको औचित्यको बारेमा प्रदेश ५ का संयोजक शिवप्रसाद थापाले प्रस्ट पारेका  थिए । 

प्रदेश सभा ३ का सांसद रमेश पौड्यालले प्रदेश सभामा आफूहरूले खेलेको भूमिकाको बारेमा चर्चा गरे । उनले विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेललाई पक्रेर हत्या गरेकोमा सरकारको विरोध गर्दै विप्लव समूहलाई पनि हत्या हिंसा त्यागेर तीन करोड नेपालीको मुहारमा मुस्कान ल्याउन सबै पक्षसँग वार्ता, संवाद र सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सचिव भरतराज पन्त, कर्णाली प्रदेशका संयोजक अनिल शाही, प्रदेश ५ का संयोजक शिवप्रसाद थापा, गण्डकी प्रदेशकी संयोजक सुमित्रा गुरुङ, प्रदेश ३ की संयोजक कर्मा तामाङ, प्रदेश २ बाट प्रदेश संयोजक माधवकुमार, प्रदेश १ संयोजक सन्तोष घिमिरे अनि प्रदेश ८ का समिति सदस्य राज क्षेत्रीले शुभकामना मन्तव्य राखेका थिए ।  

कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभाध्यक्ष तथा पार्टीका अध्यक्ष उज्वल थापाले द्वन्द्वकालमा आफूले रोल्पामा गरेको भ्रमणको स्मरण गरे । उनले देशको एक राजनीतिक दललाई आवश्यक पर्ने नीति, रणनीति तथा विधान जारी सम्मेलनले तय गर्ने विश्वास व्यक्त गरे । 





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १७:३४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया