शान्ति प्रक्रिया अझै नटुंगिएकोमा पूर्वराष्ट्रपतिद्वारा चिन्ता व्यक्त

बुटवल– पूर्व राष्ट्रपति डा. रामवरण यादवले शान्ति प्रक्रिया अझै नटुंगिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शान्ति प्रक्रियाको एक महत्वपूर्ण हिस्साको रुपमा रहेको सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगले राम्रोसँग काम गर्न नसकेको उनको आरोप छ । 

दुवै आयोगले राम्रोसँग काम गर्न नसक्दा शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्न ढिलाइ भएको उनको भनाइ छ । शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् । 

नेपालले अन्तर्राष्ट्रिय जगतमा धेरै सन्धि–सम्झौतामा हस्ताक्षर गरेकाले फेरि विदेशी बोलाउनुपर्ने अवस्था आउन दिन नहुने भन्दै उनले भने, ‘मेरो चाहना नेपालीले नै शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्छ र यसमा विदेशीलाई ल्याउनुहुँदैन भन्ने हो ।’ 

शान्ति प्रक्रियाका सवालमा बाँकी काम पूरा गर्न सबै दल मिलेर समाधान खोज्नुपर्नेमा बताउँदै यादवले यसमा सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : असार १३, २०७६ शुक्रबार १९:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया